पशुपतिनाथमा तीज विशेष (फोटो फिचर)

काठमाडौं- हिन्दू नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाइरहेका छन् । रातो साडीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका हुन्।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/31424

Previous articleहराउँदै सिमा स्तम्भः पुनर्स्थापनामा छैन चासो
Next articleविकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।