रसुवा भन्सार कार्यालयबाट लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन

रसुवा- चालु आर्थिक बर्षको भाद्र महिनामा रसुवा भन्सार कार्यालय टिमुरेले लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०८०-०८१ को भाद्र महिनामा राखेको लक्ष्यको एक सय नौ दशमलब चार आठ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद पाठकका अनुसार भाद्र महिनामा कार्यालयले दुई अर्ब ६ करोड ९४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भाद्र महिनामा ९८ करोड ७९ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा एक अर्ब आठ करोड १५ लाख ६१ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

यसैगरी कार्यालयले साउन महिनामा ७९ करोड ८० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेकोमा लक्षको तुलनामा २४ करोड १५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको थियो ।

रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ११ अर्ब ९४ करोड २३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

रसुवा भन्सार कार्यालयले साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्रीहरुको निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।

https://ujyaalonepalnews.com/archives/31507

Previous articleगुल्मीको सानो रेसुङ्गामा मन्दिर, आश्रम स्थल र ऋष्यशृङ्गको मूर्ति अनावरण
Next articleसंविधानले सम्झिएका सुशील र सुवास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।