चितवनको रत्ननगर-३ स्थित शान्तिचोकका आरम्भ अर्यालले कोडिङ्म सफलता हासिल गरेका छन। अर्यालले कोडिङमा उत्कृष्ट स्थान हासिल गरेर बायजुस फ्यूचर स्कूलको `वाल अफ फेम´ प्राप्त गर्न सफल भएका छन। बायजुस फ्यूचर स्कूल भारतको मुम्वईमा अवस्थित छ।


अर्यालले कोडिङ्ग्मा राम्रो स्थान हासिल गर्नुभएको बायजुस फ्युचर स्कूलका सीईओ करण बजाजले सन्देश मार्फत जानकारी गराउनुभयो। सानै देखि जिज्ञासु अनि सृजनात्मक स्वभावका अर्याल कोडिङ्ग गर्न,गित गाउँन,घुम्न,नयाँ नयाँ साथी बनाउउन असाध्यै रुचि राख्छन। पछिल्लो समय उनि विभिन्न एप्सहरु बनाउँने गरेका छन।

उनले बनाएका पछिल्ला एप्सहरुमा संसारको सबैभन्दा कठिन खेल, संसारको सबैभन्दा सजिलो खेल, यदि सक्नुहुन्छ भने जित्नुहोस्, क्याल्कुलेटर, पृष्ठभूमि रंग परिवर्तन गर्ने एप लगायत रहेका छन।

अर्यालको भविष्यमा कम्प्युटर ईन्जिनियर बन्ने लक्ष्य रहेको छ। अर्याल हाल रत्ननगर स्थित स्काईराइडर स्कूल प्राविधिक र जीवन उपयोगी शिक्षा शाखा कक्षा ९ मा अध्ययनरत छात्र हुन।
https://ujyaalonepalnews.com/archives/31546


