राप्ती क्रिकेट च्याम्पियनसिपको उपाधि राप्ती-५ लाई

0
33

राप्ती नगर खेलकुद समितिद्वारा आयोजित प्रथम राप्ती क्रिकेट च्याम्पियनसीपको उपाधि राप्ती-५ ले जितेको छ। सोमबार भएको फाइनल खेलमा राप्ती-८ लाई ४० रनले हराउँदै राप्ती-५ विजेता बनेको हो। राप्ती- ७ स्थित वीरेन्द्र आदर्श माविको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वडा ५ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४३ रनको योगफल तयार पार्यो। वडा ५ को लागि गोविन्द त्रिपाठीले १० बलमा आक्रमक २५ रन बनाए।

उनले ३ छक्का र १ चौका प्रहार गरे। बलिङतर्फ ३ विकेट पनि हात पारे। उनी म्यान अफ द म्याच घोषित भए। त्यस्तै राप्ती-५ कै लागि प्रारम्भिक ब्याट्सम्यान पाल्डेन लामाले ३ छक्का र २ चौकाको मद्दतले २४ बलमा ३३ र युवराज खरेलले ३१ बलमा २६ रनको योगदान गरे। सफल खरेलले १७, पेम्बा लामाले १६ र आशिष खरेलले १४ रन बनाए। बलिङतर्फ आशिष् खरेलले २, पाल्डेन लामाले २, युवराज खरेल र अनुप खरेलले समान १/१ विकेट लिए।

१४४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको राप्ती-८ ले १९ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो। टीमको लागि आयुष श्रेष्ठले सर्वाधिक २९ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सफल पाठकले १४, कप्तान हेम थापा मगरले १२ र मोहनजित बिक्रम उप्रेतीले ११ रन बनाए। बलिङतर्फ आयुष श्रेष्ठले ४ विकेट लिए। त्यस्तै गणेश थापाले २, सचिन भण्डारी, सन्जय पौडेल र हेम थापा मगरले समान १/१ विकेट लिए।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि इमानसिंह लामा, अतिथिहरु वडा-५ कि वडाध्यक्ष मेनुका पाठक, वडा-८ का वडाध्यक्ष बुद्धिराज थपलिया, न्यायिक समिति सदस्य तथा जनप्रतिनिधि गोमा धरेल, पूर्ण आचार्यले विभिन्न विधामा पुरस्कृत भएका खेलाडीहरुलाई मेडल प्रदान गरे।

प्रतियोगिताको म्यान अफ द सिरिज विजयी टिमका पाल्डेन लामा भए। उनले १०१ रन र ८ विकेट लिएका थिए। त्यस्तै बेष्ट ब्याट्सम्यान विजयी टीमकै युवराज खरेल भए। उनले ९२ रन बनाएका थिए। प्रतियोगिताभर ८ विकेट लिएर बेष्ट बलर राप्ती-१ का खेलाडि सौगात सुवेदी भए। खेलको बेष्ट फिल्डर सोम पुन भए।

विजयी टीम राप्ती-५ ले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै उपविजेता बनेको राप्ती-८ ले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

https://www.ujyaalonepalnews.com/archives/17148

Previous articleसाउदीको कम्पनीले मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’
Next articleध्रुवे हात्ती फेरी आ’क्रमक, एक सैनिककाे ढाडमा कुल्चिएर मृ’त्यु