नेल्सन मण्डेला लिडरसीप अवार्ड २०२३ बाट तामाङ सम्मानित

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ अन्तर्राष्ट्रियस्तरको नेल्सन मण्डेला लिडरसीप अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।

लण्डनमा आयोजित ग्लोबल पिस समिटमा उक्त अवार्डबाट अध्यक्ष तामाङ सम्मानित हुनु भएको हो । भारतको एनआरआई वेल्फेयर अफ इण्डियाले गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट अवार्डका लागि छनोट हुनु भएको थियो ।

कोरोना महामारीको समयमा समुदायमा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय तामाङले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएपछि आफूले पाउने सबै तलबभत्ता सोही गाउँपालिकाका सामुदायिक विद्यालयमा वितरण गर्ने घोषणा गर्नुभएको छ । अवार्ड विश्वभरबाट ३५ जना व्यक्तित्वलाई प्रदान गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/31793

Previous articleसैन्डाँडा बझाङको ‘ब्रान्ड फेस्टिभल’
Next articleहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।