राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्यहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहनुभएका कोबायासी काजुहिरो र नागई मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30684

Previous articleअभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक
Next articleनेपालको गिर्दो अन्तर्राष्ट्रिय छवि दलहरूले चिर्न सक्नुपर्छ : नेता डा कोइराला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।