रत्ननगर, असोज १९ । खगेरी खोलाले बगाउँदा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।
बिहीवार पूर्वी चितवनको रत्ननगनगर नगरपालिका वडा नं. १० भई बग्ने खगेरी खोलामा आएको बाढीले बगाउँदा रत्ननगर वडा नं. १० का स्थानीय ६५ वर्षीय वुद्धिराम दराई बेपत्ता भएका थिए । बिहीवार बेपत्ता भएका उनको प्रहरीले खोजी कार्य गरेतापनि फेला पार्न सकेको थिएन ।
बिहीवार दिउँसो ३ बजेर ४० मिनेटमा भैंसी गोठालो जाँदा दराई खोलामा आफै लडेपछि खोलाले बगाएको थियो । उनलाई खोजी गर्ने क्रममा आज (शुक्रवार) विहान पौने १० बजेको समयमा दराईको शव रत्ननगर वडा नं. ७ बाधमारा स्थित बुढी राप्ती खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
अहिले शव फेला परेको स्थानमा मुचुल्का उठाउने कार्य भईरहेको डिएसपी खड्काले बताए । मुचुल्का तयार भएपछि शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल पठाइने उनले बताए ।
https://ujyaalonepalnews.com/archives/32009


