रत्ननगरमा बाढीले बगाएको एकजनाको शव फेला

रत्ननगर, असोज १९ । खगेरी खोलाले बगाउँदा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

बिहीवार पूर्वी चितवनको रत्ननगनगर नगरपालिका वडा नं. १० भई बग्ने खगेरी खोलामा आएको बाढीले बगाउँदा रत्ननगर वडा नं. १० का स्थानीय ६५ वर्षीय वुद्धिराम दराई बेपत्ता भएका थिए । बिहीवार बेपत्ता भएका उनको प्रहरीले खोजी कार्य गरेतापनि फेला पार्न सकेको थिएन ।

बिहीवार दिउँसो ३ बजेर ४० मिनेटमा भैंसी गोठालो जाँदा दराई खोलामा आफै लडेपछि खोलाले बगाएको थियो । उनलाई खोजी गर्ने क्रममा आज (शुक्रवार) विहान पौने १० बजेको समयमा दराईको शव रत्ननगर वडा नं. ७ बाधमारा स्थित बुढी राप्ती खोलामा शव फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले  जानकारी दिए ।

अहिले शव फेला परेको स्थानमा मुचुल्का उठाउने कार्य भईरहेको डिएसपी खड्काले बताए । मुचुल्का तयार भएपछि शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल पठाइने उनले बताए ।

https://ujyaalonepalnews.com/archives/32009

Previous article१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
Next articleजग्गाधनी प्रमाणपुर्जा पाएपछि हर्ष : ‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।