‘मोडिफाइ बाइक’प्रहरीको कारबाहीमा

कास्की- कास्कीमा स्वरुप परिवर्तन (मोडिफाइ) गरिएका मोटरसाइकललाई कारवाही थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कास्की प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका मोटरसाइकललाई कारवाही गरेको हो ।

पर्व नजिकिँदै गर्दा कास्की प्रहरीले विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाइ सवारी साधनमाथि निगरानी बढाएको छ । हिजो मात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

कारबाहीबाट पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले मोडिफाइ गरेका केही मोटरसाइकल हाल नियन्त्रणमा रहेको र पुनः पहिलेकै अवस्थामा परिवर्तन गराएर कारबाही पछि मात्रै अभिभावकको रोहबरमा बुझाउने जनाएको छ । त्यस्तै अभियानलाई निरन्तरता दिने पनि भएको छ ।

सबैभन्दा बढी मोडिफाइ गर्ने साधनमा क्रस फायर र बुलेट छन् । प्रहरीले सवारी मोडिफाइ गर्ने सवारी धनीलाई मात्रै नभएर ग्यारेजलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने भएको छ ।

https://ujyaalonepalnews.com/archives/32130

Previous articleअर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
Next articleटिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।