उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले उदयपुरको बेलकाबाट लागु औषध चार किलोग्राम गाँजा सहित सात जना पक्राउ परेको छ । बेलका नगरपालिका–३ चिलिया टप्पुमा स्थानीय श्याम माझिको घरबाट अबैध गाँजाको कारोबार भई रहेको जानकारी आएपछि प्रहरीले बुधबार राती साँढे ११ बजे घर खन्तलासी गरि २ किलोग्राम गाँजा सहित २९ वर्षीय श्याम माझीलाई पक्राउ गरेको हो ।
गाँजा बिक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले मझीको घरबाट दुई केजी गाँजा सहित पक्राउ उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए ।

प्रहरीले गाँजा ओसार पसारमा संलगन रहेको आरोपमा स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ वर्षीय जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये बुद्धिमान माझीको घर नजिकै केराघारीमा लुकाई छिपाई राखेको थप २ किलो गाँजा समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिए । उनीहरु सबैलाई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
The post चार किलो गाँजा सहित ७ जना पक्राउ appeared first on Rajdhani Daily News.
साउदीमा अकामा नविकरण नगरिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना


