मन्त्रीपरिषद निर्णय: इजरायलमा निधन भएकाको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने

काठमाडौँ- मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ ।

बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ ।

यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताउनुभयो ।

नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताउनु भयो ।।

https://ujyaalonepalnews.com/archives/32149

Previous articleइजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई १० लाख राहत, शोकमा भोलि बिदा
Next articleइजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।