सांसद सुनिल शर्मा रिहा, थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

काठमाडौं- शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ पर्नु भएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा रिहा हुनु भएको हुनु भएको छ ।

जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएसँगै शर्मा आज साझ रिहा हुनुभएको हो । सांसद शर्मा सहित ६ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेको थियो ।

अदालतले सांसद शर्मालाई थुनामा नराखिकन अनुसन्धान गर्न आदेश दिएपछि अदालतको आदेश बमोजिम शर्मालाई रिहाइ गरिएको सिआईबीका प्रवक्ता नबराज अधिकारीले जानकारी दिनुभयो ।

सोही अभियोगमा पक्राउ परेका अन्य आरोपीहरुलाई भने हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

https://ujyaalonepalnews.com/archives/30241

Previous articleकोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त
Next articleदशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।