पदक विजेता खेलाडीहरुसँग प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा आयोजित १९ औं एसियाली खेलकूद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बधाई दिँदै आगामी दिनका लागि पनि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा महिला सहभागिताको लागि आफूले बधाई दिएको उल्लेख गर्दै अहिले महिलाले नै मेडल ल्याएको र रेकर्ड बनाएको बताउनुभयो ।

खेलाडीको प्रोत्साहनको लागि रकम दिने घोषणा गरी नियमावली पास गरेकामा आजको मन्त्रिपरिषदको बैठकले निकासाका लागि निर्णय गरेको जानकारी दिनुभयो । आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिनुभयो ।

भेटमा सहभागी खेलाडीहरुले प्रधानमन्त्री नै कार्यक्रमस्थलमा पुगेर आफूहूरु उत्साहित बनेको बताउँदै आफूहरूले व्यक्तिगत रेकर्डका लागि भन्दा पनि राष्ट्र सम्झेर खेलेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32232

Previous articleभ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन: उपप्रधानमन्त्री श्रेष्ठ
Next articleसामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प नभएको नेता ओलीको दाबी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।