Home Uncategorized ‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’

‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’

काठमाडौं- ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।

“बिनाआधार हाम्रो कम्पनीको मान हानि हुनेगरी प्रकाशित÷प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ ।

https://ujyaalonepalnews.com/archives/22663

Previous articleभारतीय तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली कृषक मारमा
Next articleनेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।