भारतबाट ल्याइएको अबैध कुखुरा नष्ट

 रौतहट- रौतहटको  दक्षिणी क्षेत्र गौरमा  भारतीय अबैध ब्रोईलर कुखुरा जिल्ला  प्रहरी कर्यालय रौतहटले बरामद गरी नष्ट गरेको छ ।

गौर खुल्ला नाका प्रयोग गरी अबैध रुपमा आज बिहानै करिब ८ बजे तिर २२ वटा, मोटरसाइकलमा गौर लैजादै गरेको ५० किलो बराबर अबैध ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको निर्देशनमा खटिएको टोलीद्धारा बरामद गरिएको अबैध ब्रोइलर कुखुरालाई स्थानीय, पत्रकार र ब्यापारीको रहोवरमा  नष्ट गरिएको जनाइएको छ ।

भारतीय अबैध ब्रोईलर कुखुरा लगायतका अवैध सम्पुर्ण सामग्रीहरु नियन्त्रणका लागि नयाँ प्रहरी प्रहरी उपरीक्षक केही दिन यता देखि आफ्नो सक्रियता बढाएको देखिएको छ ।

प्रहरीको आखाँ छल्दै तस्करहरुले अबैध ब्रोइलर कुखुरा, मासु र मासुजन्य पदार्थको तस्करी भने खुल्ला नाकाका कारण नेपाल भित्र्याउने गरेको पाइएको छ । जिल्ला  प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भने यस्तो अवैधानिक कुनै पनि काम आफ्नो आखाँ अगाडि हुननदिने प्रतिवद्दता व्यक्त गर्नुभयो ।।

https://ujyaalonepalnews.com/archives/32453

Previous articleघुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ
Next articleसहयोगी बन्दै चाडबाडलक्षित यात्रु सहायता कक्ष
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।