इजरायलमा निधन भएका ४ जना विद्यार्थीको शव आज नेपाल ल्याइँदै

काठमाडौँ- इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थी मध्ये ४ जनाको शव भोलि आइतवार काठमाडौँ आइपुग्ने भएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत सो जानकारी दिएको हो ।

आज सम्मूर्ण प्रकृया पूरा गरी दिउँसो १:२५ बजे फ्लाइदुवाईको उडान नं FZ 1210 मार्फत ४ जना विद्यार्थीको शव पठाउन लागिएको दूतावासले जनाएको छ ।

भोलि फ्लाइदुवाईकै फ्लाइट नं FZ8351 मार्फत ती शवहरु काठमाडौँ आइपुग्ने विज्ञप्तीमा उल्लेख छ ।

 

दूतावासले हमासको आक्रमणमा परी सम्पर्क विहिन भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि जनाएको छ ।।

 

 

https://ujyaalonepalnews.com/archives/32492

Previous articleप्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा
Next articleबिच भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।