कर्णालीको बजेट ३२ अर्ब ६१ करोड 

0
62

सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट सार्वजनिक गर्नु भएको हो । 

बजेटमा चालुतर्फ चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ । बजेटमा अधिकांश पुराना योजना र थोरै नयाँ योजनाहरू समावेश भएका छन् । भने गत वर्षको बजेटमा समावेश भएका कर्णालीका किसानलाई गोठालो भत्ता र सुनको हलो (तक्मा) दिने योजना हराएका छन् । 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्टले आर्थिक बर्ष २०७९/०८० को बजेट भाषण गर्दै उक्त युद्धस्थलहरूलाई पर्यटन प्रवद्र्धन गर्नको लागि संङ्ग्रालयको रुपमा विकास गरिने बताउनु भएको छ । उहाँले संङ्ग्रालयको रुपमा विकास गरिने युद्ध स्थलहरूमा कालिकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनिमा युद्ध सङ्ग्रहालय निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बताउनु भयो । 

त्यस्तै वृक्षारोपण वर्षका लागि १५ लाख बजेट विनियोजन गरिएको छ भने विनियोजित बजेटको आम्दानी स्रोत अन्तर्गत आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार र चालु आर्थिक वर्षको खर्च नभै बचत हुने अनुमान ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार गरिएको छ । 

सङ्घीय सरकार राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब २ करोड २० लाख, वित्तीय समानीकरणबाट प्राप्त हुन आएको रकम १० अर्ब ७२ करोड ६४ लाख, सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख परिचालन, सङ्घीय सरकारको समपूरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख, सङ्घीय सरकारको विशेष अनुदानतर्फ ६६ करोड ८० लाख परिचालन गरिने छ भने वैदेशिक सहायताबाट प्राप्त हुने अनुमान २ करोड ५ लाख ४ हजार परिचालन हुने अनुमान गरिएको मन्त्री विष्टले जानकारी दिनु भयो । 

https://www.ujyaalonepalnews.com/archives/21621

Previous articleसबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने
Next articleराष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा