भूकम्प पीडितलाई बागमती सरकारको सहयोग

मकवानपुर- जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भुकम्प पिडितहरुको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत तथा पुर्नस्थापनाका लागि बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहयोग उपलब्ध गराउने भएको हो ।

आपतकालिन अवस्थामा रहेको कर्णालीलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बागमती प्रदेश सरकार विपद्को घडीमा कर्णली प्रदेश सरकार सँगसँगै रहने बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भुकम्पका कारण ठूलो मात्रामा धनजनको क्षती पुगेकोमा दुःख व्यक्त गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई आवश्यक सहयोगका लागि प्रदेश सरकारले आग्रह समेत गरेको छ ।

https://ujyaalonepalnews.com/archives/32914

Previous articleबिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन
Next articleभूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १५४ जना घाईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।