नेपाली सेनाद्वारा १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार

काठमाडौँ- नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

https://ujyaalonepalnews.com/archives/33140

Previous articleनेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन : प्रधानमन्त्री
Next articleपनौतीमा भिन्तुना सम्पदा र्‍याली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।