बागमती प्रदेश राजधानीमा छठको रौनक

मकवानपुर – बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा छठको रौनक सुरु भएको छ । छठ पर्व मनाउनका लागि हेटौंडा– १ राप्तीतट सिगार्ने काम भैरहेको छ । छठ पूजाको तयारीका लागि पाण्डाल निर्माण गर्ने, सरसफाई, साजसजावट, झिलिमिली बत्ती राख्ने, पूजा स्थल सम्याउने, गेट निर्माण गर्ने लगायत कार्य गरिएको छ ।

छठ पर्व मकवानपुरमा पछिल्लो समय सबैको साझा पर्वको रुपमा विकास हुँदै गएको छ । राप्तीतटमा छठ पूजाको लागि तयारी अन्तिम चरणमा पुगेको छठ पुजा सचिवालय संयोजक नन्दलाल दासले जानकारी दिनुभयो ।

यस वर्ष ६० हजार भक्तजन छठ अवलोकनका लागि आउने आयोजक संयुक्त मधेशी सेवा समाजको अनुमान छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पाण्डाल तयार पारिएको छ ।

https://ujyaalonepalnews.com/archives/33206

Previous articleबजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च
Next article३५ बर्ष सम्मपनि भएन सडक स्तरोन्नति,सडक अलपत्र पारेर ठेकेदार वेपत्ता  
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।