Home Uncategorized ३५ बर्ष सम्मपनि भएन सडक स्तरोन्नति,सडक अलपत्र पारेर ठेकेदार वेपत्ता  

३५ बर्ष सम्मपनि भएन सडक स्तरोन्नति,सडक अलपत्र पारेर ठेकेदार वेपत्ता  

नवलपुर- पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोडने दलदले- द्यौबादी सडक निर्माण सुरु भएको ३५ बर्ष पुराहुँदा पनि अहिलेसम्म सडकको स्तरोन्न्ती भएको छैन ।

सडक स्तरोन्नति नहुँदा यो सडक भएर यात्रा गर्नेहरुले बर्षेनी सास्ति खेप्दै आएका छन । स्तरोन्नतिका लागि केही काम सुरु भएपनि सडक अलपत्र पारेर ठेकेदार वेपत्ता भएपछि सडक स्तरोन्नतिको काम रोकिएको हो ।

नवलपुरको पहाडी दुई गाउँपालिका हुँदै तनहुँ र ,पोखरा र पाल्पा जोडने यो सडकको  स्तरोन्नतीका  सबै काम  रोकिएको बौंदीकाली गाउँपालिकाका पूर्ब अध्यक्ष दुर्गा रानामगरले बताउनु हुन्छ ।

यो सडकले दुई गाउँपालिका ५० हजार जनतालाई प्रत्यक्ष मधेश सँग जोडने गर्दछ । २०४५ साल देखि सुरु भएको पहिलो चरण अन्तरगत बुलिङ्गटार- द्यौबादी- दलदले ४३ किलोमिटर सडकको ट्रयाक खोल्न मात्रै झण्डै २० बर्ष लाग्यो ।

ट्रयाक खुले पनि सो बाटो बर्षा लाग्ना साथ भत्कने ,पहिरो गएर बिग्रने जस्ता धेरै कारणले पनि राम्रो सँग सडक संचालन हुन नसकेको स्थानीयको बताउछन् ।

यो सडक निर्माणमा अष्टेलियन नागरिक बारबाराको एक अर्ब बढि खर्च भएको छ भने नेपाल सरकारले समेत एक अर्ब बढि लगानी गरेको छ ।

ट्रयाक खाेलेको ३० बर्ष पछि सरकारले ४० किलोमिटर सडक स्तरोन्नती गर्न करीब ६५ करोडको लागतमा ठेक्का लगाएको थियो ।

https://ujyaalonepalnews.com/archives/33207

Previous articleबागमती प्रदेश राजधानीमा छठको रौनक
Next articleब्यवस्थाविरुद्ध जानेसँग एमालेले प्रतिकार गर्छ : ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।