निरन्तर बढ्दै छ सुनको भाउ

काठमाण्डौ / सुनको मूल्य मंगलबार (आज) २ सय रुपैयाँले बढेको छ । सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

The post निरन्तर बढ्दै छ सुनको भाउ appeared first on Purbeli News.

१८ वटा रुपान्तरणकारी योजनासहित पन्ध्रौँ आयोजना स्वीकृत

Previous articleबाग्लुङमा सुरू भयाे अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला, मूर्ति बनाउन २३ रोपनी जग्गा दान
Next articleखरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।