युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

Fighters of Wagner private mercenary group stand guard in a street near the headquarters of the Southern Military District in the city of Rostov-on-Don, Russia, June 24, 2023. REUTERS/Stringer

काठमाडौं – रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सोमवार एक विज्ञप्तिमार्फत रुसी सेनामा कार्यरत रहदा निधन भएका ६ जना नेपालीहरुको नाम सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलाम रहेका छन् ।

विज्ञाप्तिमा रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुससमक्ष अनुरोध गरेको छ ।

त्यस्तै रुसी सेनामा भर्ना भइ युक्रेनमा बन्धक बनाइएका नेपाली विवेक खत्रीलाई नेपाल फर्काउने पहल भइरहेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

Previous articleछिमेकीबाटै एकल महिलाको हत्या
Next article१८वटा युट्युव च्यानललाई कारबाही गर्न साइबर ब्यूरोलाई प्रेस काउन्सिलकाे पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।