एन आई सी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन

धनुषा / एन आई सी एशिया बैंकले धनुषा जिल्लामा धनुषाधाम शाखाको उद्घाटन गरेकाे छ । बैंकले धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको हाे । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने भन्दै बैंकले उक्त शाखा कार्यालयको फागुन ६ गते औपचारिक रुपमा उद्घाटन गरेको छ ।

नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरे । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

The post एन आई सी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन appeared first on Purbeli News.

काठमाडौँ धुलोमुक्त भएन : भित्री सडकमा ब्रुमर लगाउने समस्या

Previous articleकानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैनः अध्यक्ष तिमिल्सिना
Next article‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।