कालिका, ६ पौष । स्थापना भएको ५३ औं वर्ष पुगेको अवसरमा भीमोदय नमुना माध्यमिक विद्यालयले आजदेखि सप्ताहाव्यापी कार्यक्रमगर्दै स्वर्णमहोत्सव मनाउँदैछ । २०२७ सालमा पुरानो पदमपुर (निकुञ्जभित्र)मा स्थापना विद्यालयले स्थापना भएको ५३ वर्ष पुगेको अवसरमा सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजनागर्दै स्वर्णमहोत्सव मनाउन लागेको हो ।

पौष ६ गतेदेखि १३ गते सम्म आयोजनाहुने स्वर्ण महोत्सवको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शुक्रवार (आज ) एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले शैक्षिक क्षेत्रको विकास नभए सम्म सम्बृद्ध नगर बनाउने योजना पुरा नहुने बताउनुभयो । कालिकाले शैक्षिक क्षेत्रमागर्नुपर्ने काममध्ये पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर कामगर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

शैक्षिक क्षेत्रमा पूर्वाधार निर्माणले मात्रै नपुग्ने भन्दै मेयर रेग्मीले शैक्षिक गुणस्तर सुधारमा समेत ध्यानदिनुपर्ने बेला भएको उहाँको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर रेग्मीले शिक्षालाई आयआर्जनसँग जोड्न सके कालिका सम्बृद्ध नगरपालिकाको रुपमा विकासहुन धेरै समय नलाग्ने स्पष्टपार्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फवाट सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, मैयादेवी ट्रष्ट एवम् मैयादेवी कन्या कलेजका टंकनाथ पौडेलले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति सदस्य गोपालजी गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा मैयादेवी ट्रष्ट एवम् मैयादेवी कन्या कलेजका टंकथान पौडेल मैदादेवी कन्या कलेज र भीमोदय बीच सुमधुर सम्बन्ध कायम राख्नका लागि मैयादेवी ट्रष्टवाट छात्रा प्रतिभा पुरस्कारका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापनागर्ने घोषणागर्नुभयो । उद्घाटन समारोहमै नगर प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घोषण गरिए बराबरको रकम (चेक) पौडेलले हस्तान्तरण समेत गर्नुभयो ।

उद्घाटनपछि नगर प्रमुख लगायत आमन्त्रीत पाहुनाहरुले विद्यालय परिसरमा राखिएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा सहभागी भएका थिए । यस्तै आजै विभिन्न विद्यालयहरु बीच आयोजना गरिएको मेत्रीपूर्ण भलिवल प्रतियोगीताको समेत मेयर रेग्मीले उद्घाटनगर्नुभयो ।
स्वर्ण महोत्सव सफल बनाउन विद्यालयले विभिन्न २९ वटा उप–समिति गठन गरेको छ । विद्यालय परिसरमा स्वर्ण स्तम्भ, स्वर्णगेट निर्माण लगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ । स्वर्ण महोत्सवको अवसरमा विज्ञान प्रविधि सामग्री प्रदर्शन, जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगीता, भाषणकला प्रतियोगीता, जिल्ला स्तरिय क्वीज प्रतियोगीता, रक्तदान, निशुल्क स्वास्थ्य परीक्षण, लोकसंस्कृति प्रदर्शनी, पूर्व विद्यार्थीहरुको मिलनभेला, शैक्षिक बहस लगायतका कार्यक्र हुने विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।


