रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाई

0
71

चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको बिदाई गरिएको छ ।

बन मन्त्रालयमा सरुवा भएका सुवेदीलाई शुक्रबार नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाले बिदाई गरेका हुन् ।

१७ महिना अघिदेखि रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदीको बन मन्त्रालयमा सरुवा भएको हो ।

सुवेदीलाई नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव प्रसाद पाठक लगायतले फुलमाला सहीत मायाको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् ।

सुवेदीको सरुवा भएसँगै रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् ।

ठुलीभेरी नगरपालिका डोल्पामा कार्यरत लम्सालको रत्ननगरमा सरुवा भएको हो।

Previous articleराप्ती नेकपा एसमा नयाँ नेतृत्व : अध्यक्षमा रामकुमार पण्डित चयन
Next articleभीमोदयको स्वर्णमहोत्सव सुरु, कालिकाका मेयरले गरे उद्घाटन