भैंसी चोर्ने गिरोह पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैंसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैंसी गोठबाटै चोरी भएको थियो । भैंसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जिप सहित दुईजनालाई पक्राउ गरेको थियो ।

भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जिपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको थियो । ग १ ज ५८४१ नम्वरको जिपमा भैंसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले सोधपुछ गरेपछि भैंसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउँदा निजहरुले आफ्नो बताएपछि जिप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।

प्रहरीले भैंसी चोरमा संलग्न भएका अलिद्धयलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको जनाएको छ । दुई तिनबर्ष अगाडी देखि भैंसी चोरीको घट्ना हुदै आएको खुलेको छ प्रहरी निरिक्षक घिमिरेले भने,“चोरीको घट्नामा अन्य व्याक्तिहरु पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।” भैंसी चोरी गर्ने घट्नामा ठुलै गिरोह हुन सक्ने शंका उत्पन्न भएको छ उनले भने ।

भैंसी चोर्ने घट्ना भने स्याङ्जामा यो पहिलो हो । मानिसले भैंसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआएपनि यो घट्नाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्थ रहेको छ । अन्य सामाग्री चोरीका घट्ना आएपनि भैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

भैंसी चोरी भएको उजुरी प्रहरीकोमा आउन साथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए । चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २२४ को उपदफा २ बमोजिम ३ बर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । नीज चोरीमा संलग्नलाई सोही अनुसारको मुद्धा चलाइएको वडा प्रहरी कार्यालयका मुद्धा शाखा प्रमुख तथा प्रहरी नायव निरिक्षक युवराज चन्दले जानकारी दिए ।


कारवाहिको माग

भैंसी चोर्ने व्याक्ति प्रहरीले पक्राउ गरेपछि चोरालाई कडा भन्दा कडा कारवाहिको माग गर्दै प्रहरी निरिक्षक निरन्जन घिमिरे सगँ स्थानीयहरु । भीरकोट १ र २ का सबै स्थानीयहरु वडा प्रहरी कार्यालय पुगेका थिए ।

चोरी भएको भैंसीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा राखिएको अवस्था
तस्विर : श्रीकृष्ण सिग्देल/ स्याङ्जा

The post भैंसी चोर्ने गिरोह पक्राउ appeared first on Rajdhani Daily News.

पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Previous articleप्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना
Next articleसेनाले भेट्टाएको एक लाख रुपैयाँ प्रहरीलाई जिम्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।