पौडी खेल्ने क्रममा डुबेर रत्ननगरमा एक बालकको ज्यान गयो

उज्यालो नेपाल, पुष ९- रत्ननगरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । रत्ननगरको वडा नं. ९ ढिकुवा स्थित खगेरी खोलामा पौडी खेल्ने क्रममा कालिका नगरपालिका वडा नं. ११ स्थायी घर भएका जंगलाल चेपाङको छोरा बिकास चेपाङको डुबेर ज्यान गएको हो ।

आईतबार ११ बजेको समयमा पौडी खेल्न खोलामा पसेका चेपाङ पानीमा डुबेर बेपत्ता भएका थिए । उद्दारको लागी स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागी भरतपुर अस्पताल पठाईएको छ ।

 

Previous articleभरतपुरका १४७ जना स्काउट पारिजात स्कुलमा दिक्षित
Next articleभीमोदयको स्वर्णमहोत्सवमा केपी ओली आउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।