एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।

Previous articleचितवनलाई चेसमा दुई स्वर्ण, समग्रमा दोस्रो स्थान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।