चितवनमा केराघारी भित्र पुरुषको शव फेला

Click Image

चितवन, माघ ५- पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाईसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरी पाठकको जग्गामा एकला महतोले लगाएको केरा घारी भित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौँका एक व्यक्तिले मौरी चरनका लागि खटाएको खुलेको छ । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शक्तिशाली देवी दक्षिणकालीको उत्पती र महिमाको कथा !!

Previous articleपाञ्चायन डेरीमा गोदामघर शिलान्यास
Next articleरत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।