ट्रक र म्याजिक ठोक्किँदा चितवनमा १७ जना घाइते

Click Image

चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन्।

आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा म्याजिकमा सवार चालक सहित घाइते भएका १७ जनाकाे भरतपुरको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–४ की ४८ वर्षीय माया राना र ईच्छाकामना–३ की ३३ वर्षीय तारा गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा अपरेशन भइरहेको चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

ट्रकचालक मकवानपुर वकैया गाउँपालिका–३ बस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरु सबै इच्छाकामना गाउँपालिकाका रहेका छन्।

 

Previous articleग्लाेबल ट्याक्स सर्भिसको सेवा अब सौराहाबाट पनि
Next articleयूएईमा बाढीमा परी चितवनका एक युवाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।