ग्लाेबल ट्याक्स सर्भिसको सेवा अब सौराहाबाट पनि

0
24

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा बुधवारदेखि ग्लाेबल ट्याक्स सर्भिस सञ्चालनमा आएकाे छ ।

पर्सामा रहेकाे ग्लाेबल ट्याक्स साेलुसनकाे शाखाकाे रुपमा साैराहामा ग्लाेबल ट्याक्ट सर्भिस सञ्चालनमा ल्याइएकाे हाे ।

उक्त काममा अनुभवी भाेला ढकाल र मुक्ति शर्माले सयुक्त रुपमा साे सेवा सुरु गरेकाे हाे ।

बुधवार आयाेजित एक औंपचारिक कार्यक्रममा वडा नं ७ का वडाध्य‍क्ष सजना महताेले उद्घाटन गरेका हुन् ।

साे कार्यालयबाट अनलाइन कर तिर्ने व्यवस्था, कर सेवा र कर परामर्श, अर्डिट तथा प्राेजेक्ट रिपाेर्ट तयार, बैङकिङ कागजात तयार, सबै प्रकारका व्यवसाय, फर्म,प्यान, भ्याट दर्ता, प्यान,भ्याटसेवा, व्यवसाय कर चुक्ता लगायतका सेवा प्रदान गरिने सञ्चालक मुक्ति शर्माले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष महताेले ग्लाेबल ट्याक्स सर्भिसले प्रदान गर्ने सेवाले साैराहाका व्यवसायी लाभाम्वित हुने बताए ।

कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभाेक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मन्तव्य राखेका थिए । व्यवसाय लेखाजाेखाका लागि परामर्श र डकुमेण्ट तयार गर्ने ग्लाेबल ट्याक्स सर्भिस साैराहाका पहिलाे कार्यालय हाे ।

Previous article२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता
Next articleट्रक र म्याजिक ठोक्किँदा चितवनमा १७ जना घाइते