आइजीपीमा ठाकुर ज्ञवालीले बाजी मार्दै, यस्तो छ तयारी

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि एक महिना भन्दा कम छ । खनालको पदावधिक माघ २९ मा सकिने भएपछि नयाँ प्रहरी महानिरीक्षकको दौडधूप तीब्र भएको छ ।

नयाँ प्रहरी महानिरीक्षकका लागि सर्वाधिक दाबेदार छन्– ठाकुर ज्ञवाली र तारिणी लम्साल । तर यसपटक विगतकोजस्तो दाबेदारबीच अस्वस्थ्य प्रतिस्पर्धा भएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजीपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।

ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर काठमाडौं आएका हुन् ।

कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका ज्ञवालीको सम्भावना लम्सालको भन्दा बढी रहेको बताइन्छ ।

एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग

Previous articleपरिवारसहित त्रिशूलीमा हामफालेका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा
Next articleमुगुमा लगातार हिमपात, सुत्केरीले समयमै उपचार नपाउँदा ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।