नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार

चितवन, कार्तिक, २० ।
नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार भएको छ। अन्दाजी ५० र ५५ बर्षका पुरुष नदीमा हामपालेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

उनि आज विहान साढे ९ :३० बजे पुलबाट नदिमा हाम फालेका थिए । किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । नदीमा हामफालेका खबर पाउन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले ति पुरुषको उद्दार गरेको प्रहरीले जनाएको छ ।

अहिले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल पठाईएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रत्ननगरमा कुल २१८४ मत गन्दा को छ अगाडी ?
Previous articleअनौठो मन्दिर : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ
Next articleआज वि. सं. २०७६ साल कात्तिक २१ गते बिहीबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।