संसद् भवनभित्र सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला

काठमाडौं । प्रतिनिधि सभा भवन नयाँबानेश्वरमा एक सुरक्षाकर्मी मृत भेटिएका छन् । गोली लागेको अवस्थामा उनी मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।

प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ अजित गोले गोली लागेको अवस्थामा शौचालयमा मृत फेला परेका हुन् । उनको मृत्युको कारणबारे थाहा भइसकेको छैन । यद्यपि, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको बताएका छन् ।

Previous articleप्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक 
Next articleझुवानीमा दुई दिने मनोसामाजिक सचेतना सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।