नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो ( भिडियो)

भिडियो हेर्नको लागी यँहा क्लिक गर्नुहोला 

उज्यालो नेपाल- नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन् । हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको खुलेको छ । घटना स्थलमा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन् । यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको छ । हेलिकप्टर ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

 

Previous articleउद्योग वाणिज्य संघ–चितवनका सदस्यले प्यारागलाइडिङ्ग र होटलमा छुट पाउने
Next articleपुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।