उद्योग वाणिज्य संघ–चितवनका सदस्यले प्यारागलाइडिङ्ग र होटलमा छुट पाउने

२२ साउन, भरतपुर- उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले पोखरा स्थित ओपन स्काइ प्यारागलाइडिङ्गको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई प्यारागलाइडिङ्गमा छुट दिनेसम्बन्धी ओपन स्काई प्यारागलाइडिङ्ग प्रा. लि. र उद्योग वाणिज्य संघ–चितवन बिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघमा आबद्ध उद्योगी व्यवसायीहरूलाई विभिन्न सेवा प्रदायक संस्थाहरूसँग व्यावसायिक सेवा वा बस्तुमा छुट उपलब्ध गराउन निरन्तर पहल गरिरहने बताउनुभयो । उहाँले आज नै प्यारागलाइडिङ्ग र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेससँग पनि संघका उद्योगी व्यवसायीले छुट पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताउनु भयो ।

प्यारागलाइडिङ्गको छुटमा टिकट खरिद गर्नको लागि पोखरा लेकसाइड स्थित ओपन स्काई प्यारागलाइडिङ्गको कार्यालय वा काउन्टर बाट टिकट खरिद गर्न सकिने ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले जानकारी गराउनु भयो ।

ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसमा छुट सुविधा उपयोग गर्न उद्योग वाणिज्य संघ–चितवनबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनु पर्ने संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. द्धारा सञ्चालित प्यारागलाइडिङ्ग सेवामा १५ प्रतिशत र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसबाट उपलब्ध सेवा फुड एण्ड व्यभरेजमा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्म छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।

सम्झौता पत्रमा उद्योग वाणिज्य संघ–चितवतको तर्फबाट अध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यकारी निर्देशक निलबहादुर के.सीले तथा व्यावसायिक फर्म ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले र होटल इनटुरिष्ट प्यालेसका म्यानेजिङ्ग डाइरेक्टर मिशन पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

Previous articleएक्सपर्टको वार्षिकोत्सव अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण
Next articleनुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो ( भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।