रत्ननगरका विद्यालय आज बिदा

चितवन , १३ असोज । रत्ननगर नगरपालिकाले नगरभित्रका विद्यालय आज आईतबार बिदा गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको आग्रह अनुसार बाढिको प्रभावितहरुको एकिन र व्यवस्थापनको लागि आज एकदिन विद्यालय बिदा गर्ने निर्णय गरिएको रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले जानकारी दिए ।

नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय, मन्टेश्वरीहरुमा आईतबार १ दिनकाे लागि अतिरिक्त कक्षा सहित सम्पूर्ण कक्षाकाे पठनपाठन र परीक्षा लगायतका कार्यक्रम बन्द गर्न गराउन नगरपालिकाले आग्रह गरेको हो।

आज पनि वर्षा हुनसक्ने मौसम विभागले जनाए अनुसार सुरक्षा सतर्कताको लागि आज एकदिनलाई नगरपालिकाका सबै विद्यालय विदा गर्ने निर्णय भएको उनले बताए ।

Previous articleभिषण बाढिपहिरोमा निधन हुनेको संख्या ११२ पुग्यो, ६८ जना अझै बेपत्ता, थप विवरण आउन बाँकी
Next articleरत्ननगर १६ हात्तीगाड़ेमा भोलीदेखि प्रथम वडाध्यक्षकप फुटबल प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।