दोस्रो एक्सपर्ट फुटसल फेस्टाको उपाधि एपेक्स एकेडेमीलाई

0
185

चितवन, साउन १८– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ को उपाधि भरतपुरको एपेक्स एकेडेमीले जितेको छ ।
भरतपुरस्थित शरदपुर फुटसल एरिनामा दुई दिनसम्म चलेको प्रतियोगितामा ३५ विद्यालयलाई पछि पार्दै एपेक्सले उपाधि जितेको हो ।

शुक्रबार भएको फाइनल खेलमा एपेक्सले नारायणी नमुना मावि भरतपुरलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । विश्वास गुरुङले फाइनलमा ह्याट्रिक गर्दै एपेक्सलाई उपाधि दिलाएका हुन् । विश्वास फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताभर सर्वाधिक १२ गोल गरेका विश्वास प्लेयर अफ दि टुर्नामेन्ट र उच्च गोलकर्ताको अवार्ड समेत पाए ।

विजेता तथा उपविजेताहरुलाई एक्सपर्टको वार्षिकोत्सवको दिन साउन २४ गते एक्सपर्ट बेस क्याम्प भरतपुरमा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने छ । चितवन जिल्ला फुटबल संको आयोजनामा भएको प्रतियोगितामा कुल ३६ टिमले सभागिता जनाएका थिए । पहिलोदिन बिहीबार १६ टिम दोस्रो चरणमा प्रवेश गरेका थिए । शुक्रबार प्रि क्वाटरफाइनल, क्वाटरफाइनल, सेमीफाइनल हुँदै फाइनल खेल सम्पन्न गरिएको थियो । प्रतियोगिताको भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले समुद्घाटन गरेका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको कार्यक्रम उद्देश्य अनुरुप सम्पन्न भएको बताए । उनले विजेता तथा उपविजेता टिमलाई बधाई दिए । विशेष समारोहमा विजेता तथा उपविजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

२१ वर्षअघि सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको जन्म भएको थियो । यसै अवसर एक्सपर्ट चितवनले विभिन्न कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाउने गरेको छ । यसवर्ष पनि थप कार्यक्रम समेटेर वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गर्न लागिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा साउन २२ गते एक्सपर्ट बेस क्याम्पमा भरतपुरमा विद्यार्थी, कर्मचारी र सेवाग्राहीका लागि निःशुल्क आँखा शिविर, साउन २३ गते देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन ग्रहण, साउन २४ गते वार्षिकोत्सवकै दिन हेटौंडामा रहेको एक सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण, रत्ननगर एक्सपर्ट परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम र दिउँसो एक्सपर्ट बेस क्याम्प भरतपुरमा एक्सपर्ट पत्रकारिता पुरस्कारसहितका विशेष वार्षिकोत्सव कार्यक्रम रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

Previous articleरत्ननगरका विनय भुजेल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपिल
Next articleउत्तेजक तीजगीतले विकृति बढाईरहेका बेला