नेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा

हेटौंडा, ११ फागुन । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् ।

गृहमन्त्रालयद्वारा हेटौंडामा आइतबार आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए ।

मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले भने, “शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ ।”

The post नेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा appeared first on Koshi Online.

कोरोनाः साउदीले पनि लगायाे ९ देशका नागरिकलाई प्रतिबन्ध

Previous articleनेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच
Next articleएक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।