एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई

सोलुखुम्बु, ११ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको बताएका छन् ।

शनिबार सोलुखुम्बमा तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिए ।

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयाैं हल निर्माणाधीन अवस्थामा रहेको बताए ।

एक नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उनले बताए । उनले, ‘समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ ।’

The post एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई appeared first on Koshi Online.

कोरोना जोखिमका बेला तराईमा होली झन् दुई दिन

Previous articleनेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा
Next articleसुनको भाउ बढ्नेक्रम जारी,तोलाको ७८ हजार आठ सय पुग्याे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।