पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा आइतबारदेखि एसियन टूर प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङको सहयोगमामा भएको सो प्रतियोगितामा २० देशका ९० जना प्रतियोगीले भाग लिएका छन् ।
विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेशनल (एफएआई) बाट मान्यताप्राप्त पाइलटले मात्र सो प्रतियोगितामा भाग लिएका हुन् ।
आयोजक संस्था नाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले पहिलो दिन पाइलटलाई वल्र्डकप टूरबारे जानकारी दिने उद्देश्यले ब्रिफिङमात्र गरिएको बताए । उनले सोमबारदेखि प्रतिस्पर्धा शुरु हुने र प्रत्येक दिन फरक–फरक टास्क हुने बताए ।
यसअघि पोखरामै एएफएआईट–२ क्याटगोरीको प्याराग्लाइडिङ प्रि–वल्र्डकप आयोजना भइसकेको छ । निरन्तर २ वर्षसम्म प्रि–वल्र्डकप आयोजनापछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको हो ।
प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका पाइलटले भाग लिएका छन् । नेपालका मात्र १२ जना पाइलटले भाग लिएका छन् । कोरोना प्रभावका कारण छिमेकी देश चीनका पाइलट आएनन् ।
पोखराको चुली सराङ्कोटबाट उडान भरेर पाइलट फेवाताल किनार खपौंदीमा अवतरण गर्ने छन् ।
नाका अध्यक्ष कृष्ण भण्डारीले विश्वकप टूरमा पाइटलले उपाधिसँगै अंक पाउने बताए । प्राप्त अंककै आधारमा एएफएआईले पाइलटको -याङकिङ गर्ने उनले जनाए ।
एक सातासम्म हुने खेलमा सम्भावित दुर्घटना रोक्न नेपाली सेनाले आपतकालीन व्यवस्था तयार पारेको छ ।
The post एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट appeared first on Rajdhani Daily News.


