सुनकोसीमा बेपत्ता दुई जनाको शव भेटियो

सिन्धुली- सुनकोसी नदीमा बेपत्ता भएका दुईजना कर्मचारी पाँच दिन पछि फेला परेका छन् । नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको गोताखोर टोलिले निरन्तर खोजी गर्ने क्रममा मंगलबार साँझ दुर्घटना स्थलबाट करिब सय मिटर तल सुनकोसिमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीभित्रै च्यापिएर मृत अवस्थामा सिटिइभिटीका सहसचिब ५७ बर्षीय कृष्न केसी र बिद्युत प्रशिक्षक ३२ बर्षीय भानु पौडेलको शव फेला परेको हो ।

गत शुक्रबार मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा सीटिइभीटीका तीन जना कर्मचारी बेपत्ता भएका थिए । उनिहरुको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर नेपाली सेना र प्रहरी परिचालन भएको थियो ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोलाञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभीटि)को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङतर्फ जादै गर्दा जिप सुनकोसीमा खसेको थियो ।

चारजना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर निस्किएका थिए भने सिटिइभीटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल सुनकोसीमा बेपत्ता भएका थिए ।

बेपत्ता दुईजनाको शव भेटिए पनि एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27985

Previous articleनागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ: सर्वोच्च बार
Next articleनवलपरासीको प्रतापपुरमा एक दम्पत्तिको विभत्स हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।