सरकारी कागजात किर्ते गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल, २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन् ।

रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको बिषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आएपछि ललितपुर महानगरपालिका(१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राईभ, डेन्डिल र प्रिन्ट स्ट्याम्पसहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सरकारी छाप किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

The post सरकारी कागजात किर्ते गरेको अभियोगमा ४ जना पक्राउ appeared first on Rajdhani Daily News.

खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी गर्नुपर्ने

Previous articleभोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास
Next articleउपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।