उपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-८ बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खरिबोटस्थित सडकमा बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बा.३ क ३५८८ नम्बरको ट्रकले ठक्कर दिंदा सोही नगरपालिका-१० कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बिएण्डबि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक रोल्पा रुम्तीगढी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१० भातेढिकुर बस्ने २६ वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post उपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु appeared first on Rajdhani Daily News.

श्रममन्त्री श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशकको भेटवार्ता, आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता

Previous articleसरकारी कागजात किर्ते गरेको अभियोगमा ४ जना पक्राउ
Next articleकोरोनाको त्रासपछि कोरियाको थेगुका उडानहरु स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।