सरस्वती र कुललाई अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल एपीएफ क्लबकी महŒवपूर्ण सदस्य सरस्वती चौधरी र नेपाल तथा नेपाल पुलिस क्लबका कुलबहादुर थापाले मनोरञ्जन रमण शर्मा अवार्ड हात पारेका छ ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेको अवार्डमा महिलातर्फ सरस्वती र पुरुषतर्फ कुलबहादुर थापाले यो अवार्ड जित्न सफल भएका हुन् ।

यी दुई खेलाडीले गत २५ मागमा नेपाल भलिबल संघले बर्सेनि आयोजना गर्ने एनभीए अवार्डसमेत जितेका थिए । त्यसको तीन सातापछि नै यी दुई खेलाडीले पुनः अवार्ड जित्न सफल भएका हुन् । अवार्डसँगै दुवैले समान ३५–३५ हजार रुपैयाँ हात पारे ।

अध्यक्ष शर्माले खेलाडीलाई अवार्ड र नगद पुरस्कार नगद प्रदान गरेका थिए । चोटको कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन् । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि अध्यक्ष शर्माले १० लाखको अक्षयकोष स्थापना गरेका थिए । त्यस अक्षयकोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आइरहेका छन् ।

यस्तै, बंगलदेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता खेलाडी टोली, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले व्यक्तिगत रूपमा प्रोत्साहनस्वरूप जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए । नेपाल स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी, अध्यक्ष शर्मा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

The post सरस्वती र कुललाई अवार्ड appeared first on Rajdhani Daily News.

बूढीगङ्गा नगरपालिकामा आगलागी

Previous articleमुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल
Next articleआजको राशिफल : फाल्गुन १३ गते, मंगलबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।