बूढीगङ्गा नगरपालिकामा आगलागी

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिनुभयो । आगलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुुभयो ।

The post बूढीगङ्गा नगरपालिकामा आगलागी appeared first on Rajdhani Daily News.

‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

Previous articleअमेरिकाद्वारा युरोपेली मुलुकबाट हुने सबै उडान बन्द
Next articleयी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।