सारंगीको धुनमार्फत् ट्राफिक सचेतना

ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार सात सय व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गर्न सुरु गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको बताए।

महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलङ्की, स्वयम्भू, कोटेश्वर, विमानस्थल र जावलाखेल क्षेत्रमा सारङ्गीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ।

सारङ्गीको धुनमार्फत हेमराज गन्धर्व, बालाराम गन्धर्व, दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना जगाउने काम गरिरहेका छन्।

महाशाखाले दैनिक चार चोकमा सारङ्गीमार्फत सचेतना फैलाउँदै आएको छ।

कतारमा ईलिगलहरुलाई फाईन नतिरी लिगल बन्ने अवसर,

Previous articleकाठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु
Next articleवामदेव काण्डमा मध्यराति ईश्वर पोखरेलले किन सम्झिए जुवा खेल ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।