वामदेव काण्डमा मध्यराति ईश्वर पोखरेलले किन सम्झिए जुवा खेल ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमका लागि संविधान संशोधन गर्ने विवाद चुलिएका बेला सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मध्यराति जुवा खेल सम्झिएका छन् ।

पोखरेलले मध्यराति १२ः२७ बजे ट्विट गर्दै संविधान संशोधन प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । तर उनको धारणा स्पष्ट अर्थ दिनेभन्दा पनि घुमाउरो खालको छ ।

उनले लेखेका छन्, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ । मानिसहरू उदेक मान्दैछन् ! केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तोछ । कुरा लुकाएर–डाँटछल गरेर कती दिन चल्छ – कसरी चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न !’

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन भएको सार्वजनिक भएपछि नेकपाभित्र विवाद देखिएको छ । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आफू कार्यदलमा नबस्ने घोषणा गरेका छन् ।

सिद्धार्थ राजमार्ग चैत १ देखि दैनिक ८ घण्टा बन्द हुने

Previous articleसारंगीको धुनमार्फत् ट्राफिक सचेतना
Next articleदैलेख कारागारका महिला कैदीबन्दीमा डिप्रेसनको समस्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।