म्यानहैटन क्यान्ससमा नेपाली साँझ

क्यान्सस। अमेरिकाको म्यानहैटन क्यान्ससमा एक भव्य समारोहबीच ‘नेपाल साँझ’ नाम दिइएको कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज स्टुडेन्ड एसोसिएसन क्यान्सस स्टेट युनिभर्सिटीको आयोजनामा आइतबार विविध प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो।

नेपाली कला, संस्कृति, पहिचान र विविधता झल्कने प्रस्तुतिहरू कार्यक्रमका मुख्य आकर्षणहरू थिए।

ग्रयाडुयट स्कुल क्यान्सस स्टेट युनिभर्सिटीका डिन डा. कारोल सान्कलिनले प्रमुख अतिथिको रूपमा बोल्दै विद्यार्थीहरूले अध्ययनको अलवा सांस्कृतिक विविधता झल्काउने कार्यक्रम देखाएकोमा खुसी व्यक्त गरे। एसोसिएसनका सल्लाहकार डा. सन्तोष अर्यालले प्रमुख अतिथि डा. सान्कलिनलाई सम्झना स्वरूप नेपालको चिनारी झल्कने उपहारसमेत प्रदान गरे।
कार्यक्रममा दोस्रोपुस्ताका नेपाली बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए। सम्पदा रानाभाट, आईसा बराल र श्रेयम खनालले टिकटकमा देखेको बोलको गीतमा गरेको नृत्यमा दर्शकहरू रमाएका थिए। त्यसो त झण्डै २० जना कलाकारहरूले विभिन्न नेपाली मौलिक गीतहरूमा नृत्य तथा संगीत सुनाए। नाटक, नेपाली भजन, फेसन शोलगायतका प्रस्तुतिले कार्यक्रमलाई थप रौनक थपेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न एसोसिएसनले युनिभर्सिटीको सभाहलमा भ्रमण वर्षको अफिसियल टिजर प्रस्तुत गरेको थियो। कार्यक्रममा एसिया,अफ्रिका, युरोप, दक्षिण अमेरिकालगायत विभिन्न क्षेत्रहरूबाट अध्ययनका लागि पुगेका नेपाली तथा स्थानीय गरी करिब २ सय ५० जना सहभागी भएको आयोजकको भनाइ छ । नेपाल चिनाउने भिडियो प्रस्तुत हुँदा विदेशीले निकै चासो र उत्सुकतापूर्वक हेरेका थिए।

मनोज क्षेत्री र वविता अधिकारीले नेपाल तथा भ्रमण वर्षबारे सहभागीहरूलाई जानकारी दिएका थिए ।

एसोसियसनका अध्यक्ष नर रानाभाटले सहभागिहरुलाई स्वागत गर्दै “नेपाली साँझ” को सिङ्गो प्याकेज प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने प्रतिवद्वता जनाए ।

कायर्क्रममा सहभागीहरुलाई नेपाली खानाका परिकारसमेत चखाइएको थियो ।

सन् २००६ देखि स्थापना भएको नेप्लिज स्टुडेन्ड एसोसियसनले यसअघि पनि नेपाली कला र संस्कृति झल्कने थुप्रै कार्यक्रमहरु गर्दै आएको छ। क्यान्सस स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने तथा त्यहाँ कार्यरत नेपालीहरु तथा सो क्षेत्रमा रहेको नेपाली समुदायको अगुवाइमा नेपाली चाडपर्वमा विभिन्न गतिविधि हुँदै आएका छन् ।

धादिङको महेश फाँटमा बन्यो सुविधासम्पन्न बृद्धाश्रम

Previous articleप्रधानमन्त्रीको परीक्षा
Next articleचट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।